आदमको पापले बिगारेको मानिस र सृष्टिलाई पुननिर्माण, पुर्नस्थापना, र पुनःप्राप्तिको लागी येशू ख्रीष्ट कलबरीको क्रुसमा दोस्रो र अन्तिम आदम भएर बलिदान हुनुभयो ! आदमले जे गरे त्यो ख्रीष्टले गर्नुभएन, तर आदमले जे गरेनन त्यही ख्रीष्टले गर्नुभयो, अर्थात् आदमले शैतानको परीक्षामा पतनको फल खाए, तर ख्रीष्ट शैतानको परीक्षामा ३ चोटि नै पतन हुनुभएन; आदम परमेश्वरको वचनमा र जीवनमा आज्ञाकारी हुनुपर्थ्यो, तर भएनन, ख्रीष्ट सम्पूर्ण रूपमा सक्रिय र निष्क्रिय रुपमा परमेश्वरको वचन र जीवनमा आज्ञाकारी रहनुभयो (फिलिपी २ः५–११)! जीवित आदम र जीवन दिने आत्मा ख्रीष्टको बीच धेरै समानता र भिन्नता छन् (रोमी ५) !
आदमले बिगारेको मानिस र सृष्टिलाई पुर्नस्थापन गर्न पापले ल्याएको सम्पूर्ण परिणाम ख्रीष्टले मानिस नै भएर (स्वर्गदूत या जनावर भएर हुँदैन) आफ्नो शरिरमा भोग्न अपरिहार्य थियो ! केही महत्वपूर्ण निम्न छन् :
१. आदमले पाप ल्याए, ख्रीष्टमा हाम्रो पाप आरोपन गरियो र पाप क्षमा भयो !
२. आदमले पापको ज्याला मृत्यु ल्यायो, ख्रीष्टले क्रुसमा मृत्यु भोग्नुभयो र मृत्युमाथि विजय प्राप्त गरेर जीवन ल्याउनुभयो !
३. आदमले पापको फल नग्नता ल्यायो, क्रूसमा ख्रीष्ट नाङ्गै टाँगिनुभएर हाम्रो नग्नता ढाक्न उहाँको धार्मिकताको वस्त्रले अनन्तताको लागी हामीलाई पहिराइदिनुभयो !
४. आदमले ईश्वरीय न्याय, क्रोध, र दण्ड ल्यायो, ख्रीष्टले क्रुसमा यी सबै आफ्नो शरीरमा भोग्नुपर्यो ताकि अब ख्रीष्टमा विश्वास गर्नेहरुलाई दण्डको आज्ञा छैन (रोमी ८ः१)!
५. आदमले पापको नतिजा परमेश्वरको व्यवस्थाको सराप कमायो, ख्रीष्टले त्यो सराप काठको क्रुसमा (काठमा झुण्डिने श्रापित हुन्छ) आफ्नै शरीरमा वहन गर्नुभयो, र त्यो सरापलाई हाम्रो खातिर सधैंको लागी विनाश गरिदिनुभयो (गलाती ३ः१३–१४) !
६. आदमको विद्रोहले गर्दा आदम र हब्बा अदनको बगैंचाबाट निष्कासित भए र परमेश्वरबाट त्यागिए, ख्रीष्टले त्यो ईश्वरीय बिछोड र निष्कासन कलबरीको क्रुसमा भोग्नुभयो किनभने उहाँलाई यरूशलेम बाहिर (अदन बाहिर) लगेर टाँगियो, अनि आफ्नो पिता परमेश्वरले त्याग्नुभएको कारण उहाँको रोदन, कन्द्रण, र चित्कार क्रुसमा सुनियो ! येशू निष्कासित हुनुभयो अनि त्यागिनुभयो, ताकि हामी पिता परमेश्वरद्वारा अनन्तको लागि ग्रहण गरियोस् र कहिर्ल्य पनि निष्कासित हुन्न नपरोस् भनेर हो !
७. आदमको पापले ईश्वर र मानव बीच अन्धकार ल्याईदियो, ख्रीष्टको क्रुसमा पनि अन्धकार आयो, अर्थात् परमेश्वरले आफ्नो मुहार उहाँबाट लुकाउनुभयो, ताकि हामी स्वर्गको उज्यालोमा परमेश्वरको मुहार अनन्तकालिन सम्मै हेरीरहन पाईयोस् भनेर हो !
८.आदमको पापले उसलाई अपराधी बनाइदियो, तर ख्रीष्ट दुई जना चोरहरुसँग क्रुसमा टाँगिएर त्यो अपराध आफूमा लिनुभयो किनभने उहाँ अपराधीहरुसँग गनिनुभयो, ताकि अब उप्रान्त हामी अपराधी हुन नपरोस र अनन्तको लागि निर्दोष ठहरियोस भनेर हो !
९. आदमको पापले गर्दा आदम र हब्बा बेस्सरी रोएँ, येशूले त्यो रोदन क्रुसमा सहनुभयो ताकि हामी अनन्त सम्म हाँस्न सकियोस् भनेर हो !
१०. आदमले आफ्नी पत्नी हब्बालाई दोष लगाए र उनीहरुको बीच अशान्ति र कलह भयो, ख्रीष्टले आफ्नो दुलही मण्डलीलाई कहिल्लै दोषाउनु भएन, बरु आफ्नो प्रियसीको दोषको उचित दण्ड क्रुसमा दोषी भएर भोग्नुभयो र अनन्तको लागि आफ्नी दुलहीलाई निर्दोष बनाइदिनुभयो !
सिकाईः यसरी आदम र ख्रीष्टबीच समानता र भिन्नता देखाईएको छ ! दोस्रो र अन्तिम आदम मण्डलीको सट्टामा मात्रै क्रुसमा मर्नुभएन (Substitution), तर हाम्रो प्रतिनिधि भएर (Representative) पनि मर्नुभयो ! यी दुवै आशिषहरुमा मण्डली अनन्तको लागि आफ्नो दुलाहसँग कलमी बाँधिएर एउटै शरीर भएर जोडियो, जुन एकदमै रोचक र रहस्यमय छ !
--------------------------------------------------------------------------------------------
सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।
