रोचक प्रसङ्ग : इस्राएल अनाज्ञाकारी भए, तर ख्रीष्ट आज्ञाकारी हुनुभयो !


इस्राएल र येशू ख्रीष्टबीच धेरै समानताहरु देखाईएका छन् । ख्रीष्ट नयाँ इस्राएलको मुर्तता र वास्तविक स्वरूप हुनुहुन्छः जे इस्राएलले गरे, त्यो ख्रीष्टले गर्नुभएन, र जे इस्राएलले गरेनन त्यही उहाँले गर्नुभयो, अर्थात् इस्राएल अनाज्ञाकारी भए, तर ख्रीष्ट आज्ञाकारी हुनुभयो! 

इस्राएल र ख्रीष्टको रोचक समानता यस प्रकार छन् : 

१. इस्राएल र येशू ख्रीष्ट दुवैलाई दाखको बोट भनिएको छ ।

२. इस्राएल र येशू ख्रीष्ट दुवै जेठो छोरा हुन् ।

३. इस्राएल र येशू ख्रीष्ट दुवैलाई पिता परमेश्वरले मिश्रबाट बोलाउनुभयो ।

४. इस्राएल ४० वर्ष मरुभूमिमा थिए, र येशू ख्रीष्ट ४० दिन मरुभूमिमा हुनुहुन्थ्यो ।

५.  इस्राएललाई मरुभूमिमा सैतानले परीक्षा गरे भने येशूलाई पनि ४० दिन सैतानले परीक्षा गरे ।

६. इस्राएलको मरुभूमि यात्रामा पवित्र आत्मा हुनुहुन्थ्यो, त्यसरी नै येशू ख्रीष्टको बप्तिस्मामा पवित्र आत्मा ढुकुरको स्वरूपमा ओर्लीआउनुभयो, र त्यही आत्माले उहाँलाई मरुभूमिमा डोर्याउनुभयो ।

७. इस्राएललाई स्वर्गदूतको रोटी अर्थात् मन्न र मासु प्रबन्ध गरियो, त्यसरी नै येशूलाई पनि स्वर्गदूतहरुले सेवाटहल गर्न आउनुभयो र खाना ल्याइदिनुभयो ।

८. इस्राएल अन्यजातिको निम्ति ज्योति थियो, त्यसरी नै येशू संसारको ज्योति हुनुहुन्छ ।

९. इस्राएलको लाल समुद्रमा अगमवक्ता मोशाद्वारा बप्तिस्मा भयो, र यर्दन नदीमा अगमवक्ता यूहन्नाद्वारा येशूको बप्तिस्मा भयो ।

१०. इस्राएललाई अगुवाई गर्न बादल र आगोको खामो थियो, त्यसरी नै येशू डाँडामा हुँदा बादलले उहाँलाई छोपेको थियो ।

यी भयो समानताहरु । भिन्नन्ताहरु चाहिँ यसरी देखाईएका छन इस्राएलले जे गर्नुभएन ख्रीष्टले, त्यही गर्नुभयो र इस्राएलले जे गर्नुभयो, ख्रीष्टले त्यो भन्दा उत्कृष्ट गर्नुभयो । इस्राएललाई परीक्षामा सैतानले पराजित गरिदियो जसको कारण उनीहरूको बीचमा हुनुभएको पवित्र आत्मा दुखित हुनुभयो ! तर ख्रीष्टलाई शैतानले पराजित गर्न सकेन, बरु उल्टै सैतानमाथि उहाँले विजय प्राप्त गर्नुभयो जसको कारण येशूमा बास गर्नुभएको पवित्र आत्मा उहाँमा महिमित हुनुभयो !

--------------------------------------------------------------------------------------------

सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।

Post a Comment

Previous Post Next Post