हे परमप्रभु,
म तपाईंमा निर्भर हुन्छु; म देख्छु, विश्वास गर्छु, जिउछु,
जब मेरो होइन, तपाईंको इच्छा, पूरा हुन्छ;
म आफैंमा केही पनि गुहार गर्न सक्दिन
कुनै पनि योग्यता र अनुग्रहको सम्बन्धमा,
तपाईंको प्रावधान र प्रतिज्ञाहरूको सम्बन्धमा,
तर केवल तपाईंको असल खुशीको लागी गुहार गर्न सक्छु ।
यदि तपाईंको कृपाले मलाई गरिब र नीच बनाउँछ भने, तपाईं धन्य हुनुहुन्छ!
मेरा आवश्यकताहरूबाट उत्पन्न हुने प्रार्थनाहरू भविष्यका दयाहरूको लागि तयारी हुन;
मैले महसुस गर्नु पुर्व विश्वास गरेर तपाईंलाई आदर गर्न मद्दत गर्नुहोस्,
किनकि यदि मैले भावनालाई विश्वासको कारण बनाएँ भने त त्यो ठूलो पाप हुनेछ ।
मलाई देखाउनुहोस् कि कुन पापले तपाईंलाई मबाट लुकाउँछ
र तपाईंको प्रेमलाई ढाकिदिन्छ,
विगतका दुष्टताहरूका लागि आफूलाई नम्र बनाउन मलाई मद्दत गर्नुहोस्,
र पुरा सावधानीपूर्वक हिंड्नलाई संकल्प गर्न सकु,
किनकि यदि म तपाईंको सामु पवित्र रूपमा हिँड्दिन भने त,
कसरी म, मेरो मुक्तिमा सुनिश्चित हुन सक्छु ?
कोमल र नम्रहरू नै हुन् जसलाई तपाईंको करार देखाइन्छ,
र तिनिहरुले तपाईंको इच्छालाई जान्दछन्, क्षमा पाउँदछन् र निको हुदछन,
जो विश्वासद्वारा भर पर्छन् र अनुग्रहमा विश्राम पाउँदछन्,
पवित्र र पुर्नजीवित हुन्छन्,
तपाईंको प्रेमको प्रमाण दिन्छन्।
मलाई विश्वासमा प्रार्थना गर्न र तपाईंको इच्छा थाहा गर्न मद्दत गर्नुहोस्,
तपाईंको प्रशस्त निःशुल्क कृपामा दृढ भएर,
तपाईंले प्रतिज्ञा गर्नुभएको कुरा तपाईंले दिनुहुनेछ भन्ने विश्वासका साथ;
मलाई दृढ विश्वासमा प्रार्थना गर्न बलियो पार्नुहोस्
कि मैले जे कुरा प्राप्त गर्छु त्यो तपाईंको उपहार हो,
ताकि म प्रार्थना स्वीकार नभएसम्म प्रार्थना गर्न सकूँ;
मलाई विश्वास गर्न सिकाउनुहोस् कि दयाका सबै चरणहरू
प्रार्थनाका धेरै चरणहरूबाट उत्पन्न हुन्छन्,
जसरी विश्वास सुरु हुन्छ यो अपूर्ण हुन्छ र त्यो बढ्नै पर्ने हुन्छ,
जसरी चिरा परेको जमिन वर्षा नआएसम्म झन झन चिरा पर्दै जान्छ ।
त्यसरी नै म तपाईंको इच्छाको प्रतीक्षा गर्दै, यो पूरा होस् भनेर प्रार्थना गर्नेछु,
र तपाईंको अनुग्रहले पूर्ण रूपमा आज्ञाकारी बन्नेछु ।
