रोचक प्रसङ्गः ख्रीष्टमस मोशा जस्तै तथा मोशा भन्दा महान अगमवक्ताको जन्मको कथा हो !


मोशाजस्तै एक जना अगमवक्ता आउने भविष्यवाणी इस्राएलीहरुले मोशाद्वारा नै पाएका थिए, जसको कुरा उनीहरूले सुन्नुपर्थ्यो (व्यवस्था १८ः१५)। यो अगमवक्ता अरु कोही नभएर स्वयंम येशू ख्रीष्ट हुनुहुन्छ, जसले मोशाले भन्दा महान अगमवाणी स्वर्गबाट लिएर ओर्लिनुभयो ! मोशाले परमप्रभु परमेश्वरको पछाडिको स्वरूप मात्र देखेका थिए भने परमेश्वरको पुत्र येशू अनन्तदेखि पितासँग मुखामुख हेर्दै हुनुहुन्थ्यो (ग्रीकमा यूहन्ना १ः१ लाई यसरी देखाईएको छ) ! 

ख्रीष्टमसमा ईश्वरको देहधारण आफैंमा मोशाको भन्दा महान आगमवाणी हो किनभने मोशाको आगमवाणी केवल वचनमा मात्रै सीमित थियो, तर वचनको देहधारण आफैंमा सम्पूर्ण अगमवाणीहरुको पूर्णताको प्रारम्भ हो (यूहन्ना १ः१४) ! थप, व्यवस्था मोशाद्वारा दिइयो, अनुग्रह र सत्यताको अवतार येशू ख्रीष्ट हुनुहुन्छ ! परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। पिताको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट (भ्हभनभकष्क) गर्नुभएको छ (यूहन्ना १ः१७–१८) ! येशू ख्रीष्टको देहधारणले  परमेश्वरलाई उत्कृष्ट र महिमित रुपमा मात्रै प्रकट गरेन, तर उहाँको जन्म आफैंमा ईश्वरको साक्षात् प्रकटीकारण हो ! 

ख्रीष्टमस मोशा जस्तै तथा मोशा भन्दा महान अगमवक्ताको जन्मको कथा हो ! ख्रीष्टको देहधारणले ईश्वरिय बुद्धि, इच्छा, अनि प्रकाशलाई मानव संसारमा नयाँ रीतिमा प्रदर्शन र प्रकाशित मात्रै गर्नुभएन, तर तिनीहरूको वास्तविकता र मुर्तता भएर कन्या कुमारीको गर्भबाट मनुष्य भई जन्मनुभयो ! मोशाले सिनै पर्बतमा हेर्न नसकेको परमेश्वरको मुहारलाई नयाँ मोशा (येशू ख्रीष्ट) को जन्मले हेर्न र छुन मिल्ने गरी मानव शरीरमा प्रकट भईदिनुभयो !

--------------------------------------------------------------------------------------------

सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।

Post a Comment

Previous Post Next Post