हे परमेश्वर,
तपाईंले मलाई यो देख्न मद्दत गर्नुभएको छ,
कि सम्मान र आनन्दमा जे जति असल छ,
जसले ति कुराहरु दिनुहुन्छ र खोस्न पनि सक्नुहुन्छ त्यो अझै असल छ ;
त्यो आशिष तपाईंबाट प्राप्त गर्ने कुरामा मात्र निहित छैन,
तर तपाईंको महिमा र भलाइ प्रतिबिम्बित गर्ने कुरामा छ ।
यो एक अच्चमलाग्दो कुरा छ
कि सृष्टि गरिएका कुराहरुमा परमेश्वरलाई देख्नु, बोल्नु, अभिनय गर्नु, भर्नु, त्यसमा चम्कनु
तपाईं बाहेक कुनै कुरा असल छैन ।
जब म तपाईंको नजिक हुन्छु म भलाइको नजिक हुन्छु,
र तपाईं जस्तै हुनु, सबैभन्दा ठूलो सम्मानको कुरा हो।
यो मेरो चुम्बक हो, यो मेरो आकर्षण हो ।
शान्तिको समयमा तपाईंनै मेरो सारा भलाई हुनुहुन्छ,
समस्याको समयमा मेरो एक मात्र सहारा,
जीवनको अन्त्य हुँदा मेरो एकमात्र पूर्ण पर्याप्तता।
तपाईंको इच्छा सबै कुरामा कति असल छ भनेर हेर्न मलाई मद्दत गर्नुहोस्,
र जब मेरो इच्छालाई पार गर्दापनी,
मलाई खुशीसाथ स्वीकार गर्न सिकाउनुहोस्।
मलाई आगोमा, भोजनमा र हरेक प्रावधानमा तपाईंको उपस्थिति महसुस गर्न दिनुहोस्,
र तपाईंका सबै उपहारहरू र प्राणीहरू
केवल तपाईंका हात र औंलाहरू हुन् जसले मलाई थामिरहेका छन् भनेर बुझ्न दिनुहोस्।
तपाईं नै सबै भलाइको अनन्त स्रोत हुनुहुन्छ।
म प्रेमका साथ आफूलाई तपाईमा सुम्पन्छु,
किनकि मसँग भएका जे कुरा छन वा जे मेरा हुन सबै कुराहरू तपाईंको हुन
मेरो सम्पत्ति, परिवार, चर्च, स्वंय
तपाईंको इच्छा अनुसार प्रयोग गर्नुहोस,
म र मसँग भएका सबै कुराहरु मार्फत आफूलाई आदर गर्नुहोस ।
यदि यो तपाईंको अनन्त योजनाहरू, तपाईंको अनुग्रहको उद्देश्य,
र तपाईंको महिमाको महान उद्देश्य अनुरुप छ भने,
तपाईंको सान्त्वनाले मलाई आशीष दिनुहोस्।
यदि होइन भने, मलाई तपाईंको बुद्धिमानी निर्णयहरूको अधिनमा रहन दिनुहोस ।