परमेश्वरको अनुग्रह । उत्पत्ति ६ः५–८



 आजको वचनखण्ड : उत्पत्ति ६ः५–८ “ पृथ्वीमा मानिसहरूको दुष्टता बढ़ी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो । पृथ्वीमा मानिसलाई बनाउनुभएकोमा परमप्रभुले अफसोस गर्नुभयो, र उहाँ मनमा साह्रै दुःखित हुनुभयो । त्यसकारण परमप्रभुले भन्नुभयो, “मैले सृष्टि गरेको मानिसलाई पृथ्वीबाट म मेटिदिनेछु— के मानिस, के घस्रने जन्तु, के आकाशका पक्षी सबैलाई— किनभने ती बनाएकोमा मलाई दुःख लागेको छ ।” तर नोआमाथि चाहिँ परमप्रभुको अनुग्रह भयो।”

पापको आतङ्क :

उत्पत्ति ६ मा संसारको अवस्था अत्यन्तै दयनिय देख्छाँै । मानिसहरु निरन्तर दुष्टतातिर बढिरहेको छन । उनीहरूको सोच, कल्पना, र हृदय निरन्तर पापले भरिएको छ ।  जसकारण पद ५–७ मा परमेश्वरको हृदय ति कुरा प्रति दुखित भएको देख्छौँ । उत्पत्ति ६ः६ ले भन्छ “ पृथ्वीमा मानिसलाई बनाउनुभएकोमा परमप्रभुले अफसोस गर्नुभयो, र उहाँ मनमा साह्रै दुःखित हुनुभयोे ।”

अफसोस गर्नुभयो भन्नुको मतलव यो होइन कि परमेश्वरले मानिस बनाएकोमा गल्ती गर्नुभयो । तर यो त पापप्रति उहाँको गहिरो दुःखको तस्विर हो । जो पवित्र हुनुहुन्छ । अनी मानिसजातिलाई पनि पवित्र बनाउनुभएको थियो तर उहाँको पवित्रतालाई त्यागेर मानिसजाति पापी बनेकोमा उहाँले आफ्‌नो हृदयको पिडा पोख्नुभएको हो ।

परमेश्वरले अब जलप्रलयद्वारा न्याय गर्न गर्न लाग्नुभएको छ, तर यस न्यायको माझमा पनि एउटा आश्चर्यजनक कुरा देखिन्छ पद ८ माः “ तर नोआमाथि चाहिँ परमप्रभुको अनुग्रह भयो । ”

बाइबलमा अनुग्रह शब्दको यो पहिलो पटक यहाँ प्रयोग गरिएको हो । जब सम्पूर्ण संसार भ्रष्ट भयो, परमेश्वरले एउटा मानिसमाथी अनुग्रह खन्याउनुभयो । नोआ पवित्र थिएन, तर परमेश्वर अनुग्रही हुनुहुन्थ्यो ।


ख्रीष्टसँग सम्बन्ध :

  • नोआको यस घटनाले हामीलाई येशू ख्रीष्टतर्फ इङ्कित गर्दर्छ ।
  • परमेश्वर पापप्रति पहिले पनि दुखित हुनुहुन्थ्यो, र आज पनि हुनुहुन्छ ।  तर जसरी उहाँले नोआलाई जलप्रलयबाट उद्धार गर्नको लागि एउटा जहाज ( प्रबन्ध ) बनाउन भन्नुभयो त्यसरी नै उहाँले हामीलाई बचाउन येशूलाई ( प्रबन्ध ) पठाउनुभयो । जो हाम्रो साँचो जहाज हुनुहुन्छ ।
  • नोआ अनुग्रहद्वारा बचाइए , जसरी आज हामी पनि अनुग्रहबाट विश्वासद्वारा ख्रीष्टमा बचाइएका छौँ ।
  • येशूले लूका १७ः२६–२७ मा भन्नुभयोः “नोआको दिनमा जस्तो भएको थियो, मानिसको पुत्रको दिनमा पनि त्यस्तै हुनेछ।  नोआ जहाजभित्र प्रवेश नहोउञ्जेल मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाहबारी गर्दै थिए । र जलप्रलय आयो, र सबैलाई नष्ट पार्‍यो।
  • तर नोआको परिवार जहाजभित्र थिए तिनिहरु बाँचे । आज ख्रीष्ट नै हाम्रो साँचो जहाज हुनुहुन्छ । उहाँले परमेश्वरको न्यायलाई क्रूसमा शान्त पार्नुभयो र अब उहाँ भित्र पस्ने ( विश्वास ) गर्ने सबै परमेश्वरको न्यायको क्रोधबाट सुरक्षित हुनेछन । तर येशूलाई विश्वास नगर्नेहरु न्यायको दिनमा परमेश्वरको न्यायमा परि नरकमा फालिनेछन ।
  • परमेश्वरले नोआ सित पहिलो पल्ट करार बाँध्नुभयो, जहाँ उहाँले उत्पत्ति ९ः११ मा भन्नुहुन्छ, तिमिहरु सित मेरो यो करार स्थापित गर्दछु, कि सबै प्राणी फेरी कहिल्यै प्रलयको पानीले नष्ट हुनेछैनन, अनि पृथ्वीलाई सर्वनाश गर्न फेरि कहिल्यै जलप्रलय हुनेछैन ।
  • परमेश्वले यहाँ मानिसहरु अविश्वासयोग्य हुँदाहुदै पनी करार बाँधेर आफ्‌ना हात बाँध्नुहुन्छ, कि अब जलप्रलयले कोही पनि नष्ट हुनेछैन । त्यो करारको चिन्हको रुपमा उत्पत्ती ९ः१३ मा इन्दे्रणी रहनेछ भन्नुहुन्छ । इन्द्रेणी ख्रीष्टको एक प्रकार हो । जसरी परमेश्वरले भन्नुभयो कि जब जब म इन्द्रेणी हेर्नेछु म मेरो करारलाई सम्झनेछु र म तिमिहरुलाई जलप्रलय नाश गर्नेछैन, त्यसरी नै नयाँ करारमा अब जब उहाँले येशूको क्रूसलाई हेर्नुहुन्छ उहाँले येशूमा विश्वास गरेका मानिसहरुलाई नाश गर्नुहुनेछैन तर तिनिहरु उहाँको पवित्र क्रोधद्वारा ख्रीष्टको कारणले गर्दा सुरक्षित हुनेछन । उनीहरुमा न्याय पर्नेछैन । यूहन्ना ३ः१६–१७
  • परमेश्वरले फेरी जलप्रलयले नाश गर्नुहुनेछैन भन्ने कुराको करारको चिन्ह इन्द्रेणी एउटा प्रतिज्ञा र ग्यारेन्टी पनी हो । जसरी १ पत्रुस ३ः२१ मा भन्छ, ’यही पानी बप्तिस्माको एउटा रूप हो, जसले तिमीहरूलाई बचाउँछ। यो शरीरको मैला हटाएजस्तो होइन, तर शुद्ध विवेकको निम्ति परमेश्वरतर्फको एउटा प्रतिज्ञा हो। यसले मृतकबाट भएको येशू ख्रीष्टको पुनरुत्थानद्वारा तिमीहरूलाई बचाउँदछ। ’ अर्थात बप्तिस्माले यो देखाउँछ कि, हामी ख्रीष्टसँग एक भएका छाँै, र, हामी उहाँमा परमेश्वरको न्यायबाट गुज्रिसकेका छौं भनेर देखाउँछ । त्यसैले बप्तिस्मा भनेको शरिको मैला हटाएको जस्तो होइन तर यो त क्रूसमा न्याय बोक्नुहुने ख्रीष्टसँग जोडिनु हो । यसले यो प्रतिज्ञा र ग्यारेन्टी दिन्छ कि अब हामी न्यायबाट बचाईसकेका छौँ । 

लागू गर्नुपर्ने कुराहरु :

  • आज आफैंलाई सोध्नुहोस, के म त्यस्तो जीवन जिईरहेको छु जसले परमेश्वरको हृदय दुखाउँछ?
  • परमेश्वरले तपाईंको पाप जान्नुहुन्छ, तर उहाँले अनुग्रह पनि दिनुहुन्छ । नोआ जस्तै, तपाईं पनि येशूमा भरोसा गरेर परमेश्वरको अनुग्रह पाउन सक्नुहुन्छ ।
  • सुसमाचार यो छ कि, हामी सबै पापी भएकोले परमेश्वरले जसरी नोआमाथी अनुग्रह गरी बचाउनको निम्ति जहाजको प्रबन्ध गरिदिनुभयो, त्यो एउटा साँचो जहाजको छाया मात्र थियो, तर त्यो साँचो जहाज त येशू ख्रीष्ट हुनुहुन्छ, केवल येशूमा मात्र हामी परमेश्वरको न्यायको क्रोधबाट बाँच्न सक्छौँ । त्यसकारण आज नै येशूमा विश्वास गरी सुरक्षीत बनाँै ।

Post a Comment

Previous Post Next Post