हल्लेलुयाह शब्दको अर्थ र प्रयोग ।



Photo by John-Mark Smith

ख्रीष्टियानहरु माझ धेरै प्रयोग हुने शब्दहरुमध्ये एक हो ( हल्लेलुयाह ) । आज यस शब्दको अर्थ र प्रयोगको बारेमा हेर्नेछौँ ।
हल्लेलुयाह (“hallelujah”  הַלְלוּ יָהּ) हिब्रू शब्द हो । जसको अर्थ परमेश्वरको पशंसा होस भन्ने हुँदछ । हिब्रु शब्द (Hallel) र यहोवे (YHWH) को छोटो रुप (Yah) जोडेर बनेको शब्द (ℎ𝑎𝑙𝑙ū𝑦āℎ ) हो । त्यसैगरी ग्रिकमा यसलाई allēlouia भनिन्छ जसको अर्थ परमेश्वरको प्रशंसा होस भन्ने हुन्छ ।
जुन हालेल शब्द यहोवे अर्थात ( म हुँ जो म हुँ ) (YHWH) सँग जोडिएको छ । त्यो नाउँ परमेश्वरले प्रस्थान ३ः१४ मा मोशालाई प्रकट गर्नुभएको उहाँको नाउँ हो । जसको अर्थ स्वनिर्भर, अनन्त अस्तित्व, सार्वभौम र जिवित परमेश्वर भन्ने हुन्छ । अर्को शब्दमा भन्नुपर्दा उहाँ बाहेक अरु कुनै ईश्वर छैन जसले उहाँको सिंहासनको ठाउँ लिन सक्छ केवल उहाँमात्र साँचो परमेश्वर, एकमात्र परमेश्वर हुनुहुन्छ ।
त्यसैले हल्लेलुयाहको अर्थ आऔँ यहोवेको प्रशंसा गरौँ, आआँै सँगसँगै यहोवे परमेश्वरको आराधना र प्रशंसा गरौँ भन्ने हुन्छ ।

पुरानो करारमा हल्लेलुयाह शब्दको प्रयोग

पुरानो करारमा यस शब्दको प्रयोग २४ पटक प्रयोग गरिएको छ । जुन २४ पटक भजनसंग्रहको पूस्तकमा नै गरिएको पाउँछौँ।
भजनसंगह १५० को भजनमा हामी शूरुमा हल्लेलुयाह शब्दबाट शूरु गरी अन्तिममा हल्लेलुयाह शब्दद्धारा नै टुङ्ग्याएको देख्छौँ।
भजन १५०ः६ सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्! हल्लेलूयाह !

नयाँ करारमा हल्लेलुयाह शब्दको प्रयोग

नयाँ करारमा ४ पटक हल्लेलुयाह शब्दको प्रयोग भएको छ । जुन प्रकाशको पूस्तकको १९ अध्यायमा देख्दछौँ ।
प्रकाश १९ः१ मा यसो लेखिएको छ, त्यसपछि मैले स्वर्गबाट एउटा ठूलो भीड़ले चर्को सोरमा यसो भनिरहेको जस्तो सुनें, “हल्लेलूयाह! मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्वरका हुन् ।
केवल पृथ्वीमा मात्र होइन तर स्वर्गमा पनी उहाँको प्रशंसा गर्नको निम्ति हल्लेलुयाह शब्दको प्रयोग गरिएको छ ।

वर्तमान समयमा यस शब्दको प्रयोग

कति जना प्रचारक तथा विश्वासीहरुले हल्लेलुयाह शब्दको थेगो नै बनाएको पाईन्छ । प्रचारकले प्रचार गर्दा एउटा वाक्य बोल्दै हल्लेलुहाय शब्द प्रयोग गरेका पाईन्छ । त्यसैगरी विश्वासीहरुले पनी त्यसरी नै हल्लेलुयाह भनी दोह्रोर्याई रहेको पाईन्छ । तर हामीले बुझ्नुपर्ने कुरा कुनै पनी कुरालाई समय सान्र्दभिक वा त्यसलाई उच्चारण गर्ने ठाउँमा प्रयोग गर्दा त्यो अर्थपूर्ण र त्यसको महत्व हुन जाँदछ ।
हामीले प्रार्थना गर्दा, वचन प्रचार गर्दा, भजनहरु गाउँदा यस शब्दलाई प्रयोग गर्न सक्छौँ । जसद्धारा यहोवे परमेश्वरलाई प्रशंसा हुँदछ ।


Post a Comment

Previous Post Next Post