परमेश्वरसित कुन समयमा प्रार्थना गर्दा सुनाई हुन्छ ?


Photo by cottonbro studio

आज कति ख्रीष्टियानहरु विश्वास गर्दछन कि रातीको सयममा प्रार्थना गर्दा परमेश्वरले सुन्नुहुन्छ त्यसैगरी कति ख्रीष्टियानहरु बिहानीको सयममा प्रार्थना गर्दा परमेश्वर सुन्नुहुन्छ भन्छन भने कति ख्रीष्टियानहरु यो विश्वास गर्दछन कि मध्यान्नको समयमा प्रार्थनागर्दा परमेश्वरले प्रार्थना सुन्नुहुन्छ।
सर्वप्रथम हामीले बुझ्नुपर्ने कुरा के हो भने बाइबलले प्रार्थना गर्नको निम्ति कुनै निश्चित समय तोकिदिएको छैन । न त कुनै पनी समय एकअर्काभन्दा बढि पवित्र छ नै । न त परमेश्वर मानिसजस्तो सुत्नु नै हुन्छ ।

त्यसकारण हामीले बुझ्नुपर्ने कुरा १ थेसलोनिकी ५ः१७ मा भनेझैँ निरन्तर प्रार्थना गरिरहो । भन्ने आज्ञालाई ध्यानमा राख्दै कुनै पनी समय, कुनै पनी ठाउँमा, कुनै पनी परिस्थीतीमा परमेश्वर सित हामी कुराकानी अर्थात प्रार्थना गर्न सक्छौँ । मुख्यकुरा यो हो कि हामी उहाँसितको संगतीमा रहनको निम्ति निरन्तर प्रार्थनामा समय बिताउछौँ कि बिताउदैनौँ । चाहे राती होस, चाहे दिनमा होस, चाहे बिहान होस, चाहे मध्यदिनमा होस चाहे मध्यरातमा होस प्रार्थनामा सयम बिताउनुचाहीँ महत्वपूर्ण छ ।


Post a Comment

Previous Post Next Post