म सधैं तपाईंको अधीनमा बस्न सकूँ,
तपाईंमा पूर्ण रूपमा भर पर्न सकूँ,
तपाईंको बाटो भेट्न सकु जहाँ तपाई हिड्नुहुन्छ,
र जहाँ आत्मा गतिमान हुनुहुन्छ,
तपाईंबाट टाढा जानदेखी,
तपाईंको प्रेममा चेतनाविहिन हुनदेखी सचेत हुन सकूँ ।
तपाईंले मानिसहरूलाई निर्जिव ढुङ्गाहरू जस्तै सार्नु हुन्न,
तर तिनीहरूलाई प्रशस्त मात्रामा जीवन दिनुहुन्छ,
तिनीहरूलाई तपाईंविना चल्न सक्षम बनाउनको निम्ति होइन,
तर तपाईप्रति नम्र समर्पणमा आउन, जो पहिलो गतिमान हुनुहुन्छ ।
हे प्रभु, म यो भिन्नताप्रति चकित परेको छु
मैले के कुरा प्राप्त गरे र म के कुराको योग्य भएको विचमा,
म अहिले जुन अवस्थामा छु र म विगतमा अनुग्रहविहिनको विचमा,
म बाँधिएको स्वर्ग र नर्कको हकदारको विचमा ।
तपाईं बाहेक मलाई कसले फरक बनायो ?
म ख्रीष्टलाई स्वीकार गर्ने कुरामा अरुभन्दा बढि तयार थिएन;
तपाईंले मलाई पहिले प्रेम नगरेसम्म म तपाईंलाई प्रेम गर्न सुरु गर्नै सक्दैनथे,
न त तपाईंले मलाई पहिले इच्छुक नबनाउँदा सम्म म इच्छुक हुन सक्नेथिए ।
ओहो, यस्तो पापीको शिरमा यस्तो मुकुट कसरी सजिन सक्छ !
एक फलविहिन व्यक्तिको लागी यति उच्च लाभ !
यस्तो विद्रोही प्राणको लागी कस्तो आनन्द !
तपाईंको असीम बुद्धीले मुक्तीलाई आकार दियो
मोल तिरेर र स्वतन्त्रतासाथ;
नर्कको ढोकामा योग्य दण्ड लेखियोस,
तर स्वर्गको ढोकामा अनुग्रहको सित्तैको दान ।
म जान्दछु, मेरो कष्ट मेरो पापबाट आउँछ,
तर स्वर्गमा, दुवै समाप्त हुनेछन्;
मलाई यो सुरक्षीत बन्दरगाहमा पुग्न र मेरो यात्रा समाप्त गर्न अनुमती दिनुहोस्,
र तपाईंको कृपालु हावाले मलाई सुरक्षीत रूपमा घर पुर्याओस ।
तपाईंको प्रेमले मलाई तपाईंको नजिक ल्याओस्,
मलाई पापबाट अलग गर्नुहोस्,
यस संसारले ममाथी राखेको बन्धन भत्काईदिनुहोस्,
र मेरो अन्तिम प्रस्थानको लागी मलाई तयार पार्नुहोस्।
यो आँधीबेहरी समुद्र पार गर्दा तपाईंको अनुग्रहले मलाई सुरक्षीत राख्नुहोस ।