महान् परमेश्वर - The Valley of Vision



हे सबै असल थोकहरूको मुहान,

ममा भएका हरेक उच्च विचारलाई नष्ट गरिदिनुहोस्,

अहंकारलाई टुक्रा–टुक्रा पारिदिनुहोस र त्यसलाई हावामा उडाई दिनुहोस्,

स्व–धार्मिकताको प्रत्येक टाँसिएको टुक्रालाई नष्ट गरिदिनुहोस,

ममा आत्माको साँचो दीनता रोपिदिनुहोस,

मलाई स्व–घृणा र स्व–तिरस्कारमा नीच तुल्याउनुहोस,

ममा पश्चात्तापी आँसुको फोहोरा खोलिदिनुहोस्‌

मलाई तोड्नुहोस्, त्यसपछि मलाई बाँध्नुहोस्‌

यसरी मेरो हृदय मेरो परमेश्वरको लागि तयार वासस्थान हुनेछ;

तब पिताले ममा आफ्नो वास बस्न सक्नुहुन्छ,

तब धन्य येशू आफ्नो स्पर्शले चंगाई ल्याएर आउन सक्नुहुन्छ,

तब पवित्र आत्मा पवित्रताको अनुग्रहमा अवतरण गर्न सक्नुहुन्छ;

हे पवित्र त्रिएक, तीन व्यक्ति र एक परमेश्वर,

ममा वास गर्नुहोस्, एक मन्दिर जो तपाईंको महिमाको लागि समर्पित छ

जब तपाईंको उपस्थित हुन्छ, त्यहाँ दुष्टताले वास गर्न सक्दैन;

तपाईको संगतिमा आनन्दको पूर्णता छ,

तपाईको मुस्कानमुनि अर्न्तआत्माको शान्ति छ,

तपाईको छेउमा कुनै डरले बाधा पुर्‍याउदैन,

कुनै आशंकाले मेरो मनको आरामलाई लुट्न सक्दैन,

तपाईको साथमा मेरो हृदय सुगन्धले फुल्नेछ;

तपाईको भित्री वासस्थानको लागि पश्चात्ताप मार्फत मलाई भेट्न दिनुहोस।

तपाईको शक्तिभन्दा बाहिर केही छैन,

तपाईको निम्ति कुनै कुरा गर्नु ठूलो कुरा होइन,

तपाईको निम्ति कुनै कुरा दिनु असल कुरा होइन

तपाईको पराक्रम अनन्त छ, तपाईको प्रेम असीम छ,

तपाईको अनुग्रह असीम छ, तपाईको उद्धार गर्ने नाउँ महिमित छ ।

पापीहरूले पश्चात्ताप गर्नेबेला स्वर्गदूतहरूले गाउन्,

उडन्तेहरु पुनस्थापीत होऊन्‌

पछि हटेकाहरु पुनः फर्किऊन्,

शैतानका बन्दीहरू मुक्त होऊन्,

अन्धा आँखाहरू खुलून्,

टुटेका हृदयहरू बाँधिऊन्,

निराश मनहरू उत्साहित होऊन्,

आफूलाई धार्मिक ठान्नेहरू आफ्नो गर्वबाट मुक्त होऊन्,

कपटीहरू झूटो शरणबाट निकालिऊन्,

अज्ञानीहरू ज्ञानले उज्यालिऊन्,

र पवित्र जनहरू आफ्नो विश्वासमा अझ दृढ बनून्।

म एक महान् परमेश्वरसँग महान् कुराहरू माग्दछु।

Post a Comment

Previous Post Next Post