हे परमप्रभु परमेश्वर, जो अनन्तमा वास गर्नुहुन्छ,
स्वर्गले तपाईंको महिमाको घोषणा गर्दछ,
पृथ्वी तपाईंको धन हो,
ब्रह्माण्ड तपाईंको मन्दिर हो;
तपाईंको उपस्थितिले चारैतिर ढाक्दछ,
तैपनि तपाईंले आफ्नै खुशीले जीवन सृष्टि गर्नुभयो, र खुशीको संचार गर्नुभयो;
तपाईंले मलाई त्यो बनाउनुभयो जे म हु, र मलाई त्यो दिनुभयो जे म सित छ;
म तपाईंमा जिउँछु र हिड्डुल गर्छु र जसमा मेरो अस्तित्व छ;
तपाईंको पुर्वप्रबन्धमा मेरो बासस्थानको सीमा तोक्नुभएको छ,
र बुद्धिमानीपूर्वक मेरा सबै मामिलाहरू व्यवस्थापन गर्नुहुन्छ।
मलाई येशूमा तपाईले धनि बनाउनुभएको निम्ति धन्यवाद दिन्छु,
तपाईंको वचनमा उहाँको स्पष्ट प्रकाशको लागी
जहाँ म उहाँको व्यक्तित्व, चरित्र, अनुग्रह, महिमा,
अपमान, पीडा, मृत्यु र पुनरुत्थानलाई देख्दछु
मलाई उहाँको निरन्तर मुक्तिको आवश्यकता महसुस गराउनुहोस्
र अय्यूबसँगै चिच्याउ, ‘म नीच छु’,
पत्रुस साथ भनु, ‘म नष्ट भईरहेको छु’,
कर उठाउनेसाथ भनु ‘म पापीमाथि दया गर्नुहोस्’।
ममा पापप्रति भएको प्रेमलाई वशमा पारिदिनुहोस्,
मलाई नवीकरणको साथसाथै क्षमाको आवश्यकतालाई पनि महसुस गराई दिनुहोस्,
ताकी म तपाईंको सेवा गर्न र सधैंभरि तपाईमा आनन्दीत हुन सकु
म येशूको सर्वव्यापी नाउँमा तपाईंकहाँ आउँछु,
मेरो आफ्नै कुनै बिन्ती विना,
न कुनै काम, न कुनै योग्यता, न कुनै वाचा
म प्रायः बाटो बिराउछु,
प्रायः जानाजानी तपाईंको अधिकारको विरोध गर्दै,
प्रायः तपाईंको भलाइको दुरुपयोग गर्दै;
मेरो धेरैजसो दोषहरु मेरो धार्मिक विशेषाधिकारहरूबाट उत्पन्न हुन्छ,
ति कुरा प्रतिको मेरो कम मूल्याङ्कन गर्दा,
ति कुरालाई मेरो फाइदाको लागि प्रयोग गर्न असफल हुदा,
तर म तपाईंको अनुग्रह वा महिमाबारे अनिभिज्ञ छैन;
तपाईंको सर्वव्यापीताको भावनाले मलाई गहिरो रूपमा प्रभावित गर्नुहोस्,
कि तपाईं मेरो मार्ग, मेरो तरिकाहरु, मेरो सुताई, मेरो मृत्युसम्मै साथमा हुनुहोस ।