सर्वस्व परमेश्वर - The Valley of Vision


हे परमेश्वर जसको इच्छाले सबै कुराहरुमा अधिकार गर्छ ,

        तपाईंको आनन्द लिनु र तपाईंको सेवामा संलग्न हुनु बाहेक अन्य कुनै कुरामा आराम छैन;

तपाई नै सबै थोक हुनुहुन्छ, र मेरो लागि सबै आनन्दहरू ति हुन्‌

जुन तपाईंले तिनीहरूलाई बनाउनुहुन्छ, र अरू केही होइन ।

म तपाईंको इच्छासँग खुसी छु, चाहे त्यो जस्तोसुकै होस्,

वा हरप्रकारले त्यो हुनुपर्छ,

र यदि तपाईंले मलाई कुनै पनि मामिलामा स्व–निर्णय लिन आदेश दिनुभयो भने,

म सबै कुरा तपाईंलाई सुम्पन रोज्नेछु,

किनकि तपाईं असीमीत रुपमा बुद्धिमान हुनुहुन्छ र गलत गर्न सक्नुहुन्न

जस्तो कि म गलत गर्ने जोखिममा छु ।

म सबै कुरा तपाईंको अधिकारमा छन् भन्ने सोचेर खुशी हुन्छु,

र तिनीहरूलाई त्यहाँ छोड्न पाउँदा मलाई खुशी लाग्छ।

त्यसपछि मेरो प्रार्थना पूर्णरूपमा प्रशंसामा परिणत हुन्छ,

र म गर्न सक्ने भनेको तपाईंलाई आराधना गर्नु र धन्यको भन्नु हो ।

तपाईंका सबै आशिषहरुको बदलामा म तपाईंलाई के दिउ ?

म दुई दुबिधाको विचमा छु, के गर्ने भनेर थाहा छैन;

म केही फिर्ता गर्न चाहन्छु, तर दिनको लागि मसित केही छैन,

र म केवल यो कुरामा खुशी हुन सक्छु कि तपाईंले सबै कुरा गर्नसक्नुहुन्छ,

कि स्वर्गमा वा पृथ्वीमा कोही पनि तपाईंको सम्मान साझाको लागी छैन

म स्वंयमले तपाईंको धन्य नामको महिमा गर्न केही गर्न सक्दिन,

तर म अनुग्रहद्वारा खुशीसाथ आफ्‌नो आत्मा र शरीर तपाईंलाई समर्पण गर्न सक्छु,

मलाई थाहा छ कि तपाईं विश्वासको लेखक र त्यसको समाप्तकर्ता हुनुहुन्छ,

मुक्तिको सम्पूर्ण काम तपाईंको मात्र हो,

ममा पाइने हरेक असल काम वा विचार

तपाईंको शक्ति र अनुग्रहको प्रभाव हो,

ममा इच्छा र काम गर्नको लागी कार्य गर्ने तपाईंको एकमात्र उद्देश्य

तपाईंको असल खुशीको लागि हो।

हे परमेश्वर, यो अद्भुत छ कि मानिसहरूले मानिसको सृजनात्मक शक्ति र भलाइको बारेमा यति धेरै कुरा गर्न सक्छन्,

जब कि, यदि तपाईंले हामीलाई हरेक क्षण थामेर राख्नु नभएको भए,

हामी शैतानहरूको अवतार भईसक्नेथियौ 

यो, तीतो अनुभवद्वारा, तपाईंले मलाई आफ्नो बारेमा सिकाउनुभएको छ ।

Post a Comment

Previous Post Next Post