तीनमा एक, एकमा तीन, परमेश्वर मेरो मुक्ति हुनुहुन्छ,
स्वर्गीय पिता, धन्य पुत्र, अनन्त आत्मा,
म तपाईंलाई एक अस्तित्व, एक सार,
तीन फरक व्यक्तिहरूमा, एक परमेश्वरको रूपमा आराधना गर्छु,
पापीहरूलाई तपाईंको ज्ञान र तपाईंको राज्यमा ल्याउनको लागि ।
हे पिता, तपाईंले मलाई प्रेम गर्नुभयो र मलाई छुटकारा दिन येशूलाई पठाउनुभयो;
हे येशू, तपाईंले मलाई प्रेम गर्नुभयो र मेरो स्वभाव धारण गर्नुभयो,
मेरा पापहरू धुन तपाईले आफ्नै रगत बगाउनुभयो,
मेरो अयोग्यतालाई ढाक्न धार्मिकता वस्त्र लगाईदिनुभयो;
हे पवित्र आत्मा, तपाईंले मलाई प्रेम गर्नुभयो र मेरो हृदयमा प्रवेश गर्नुभयो,
त्यहाँ तपाईले अनन्त जीवन रोपि दिनुभयो, र मलाई येशूको महिमा प्रकट गरिदिनुभयो ।
तीन व्यक्तिहरु र एक परमेश्वर, म तपाईंलाई धन्यको भन्छु र प्रशंसा गर्छु,
तपाईको प्रेमको निम्ति, जो यति अवर्णनीय, यति अद्भुत, यति शक्तिशाली छ कि जसले हराएकाहरुलाई बचाउन सक्छ र तिनिहरुलाई महिमामा ल्याउन सक्छ ।
हे पिता, म तपाईंलाई धन्यवाद दिन्छु कि अनुग्रहको पूर्णतामा
तपाईंले मलाई येशूको भेडा, गहना, अंश हुन; उहाँलाई दिनुभएको छ,
हे येशू, म तपाईंलाई धन्यवाद दिन्छु कि अनुग्रहको पूर्णतामा
तपाईंले मलाई स्वीकार गर्नुभएको छ, विवाह गर्नुभएको छ, बाँध्नुभएको छ;
हे पवित्र आत्मा, म तपाईंलाई धन्यवाद दिन्छु कि अनुग्रहको पूर्णतामा
तपाईंले येशूलाई मेरो मुक्तिदाताको रूपमा प्रकट गर्नुभएको छ,
म भित्र विश्वास रोपिदिनुभएको छ,
मेरो जिद्दी हृदयलाई वशमा पारिदिनुभएको छ,
मलाई सधैंभरि उहाँसँग एक बनाईदिनुभएको छ ।
हे पिता, तपाईं मेरो प्रार्थना सुन्न सिंहासनमा विराजमान हुनुहुन्छ,
हे येशू, तपाईंको हात मेरो बिन्ती लिन फैलिएको छ,
हे पवित्र आत्मा, तपाईं मेरो कमजोरीहरूलाई मद्दत गर्न इच्छुक हुनुहुन्छ,
मेरो आवश्यकता देखाउन, शब्दहरू आपूर्ति गर्न, म भित्र प्रार्थना गर्न,
मलाई बलियो बनाउन कि म बिन्ती गर्नमा थकित नहोऊँ ।
हे सारा ब्रह्माण्डलाई आज्ञा गर्ने त्रिएक परमेश्वर,
तपाईंले मलाई ती चीजहरू माग्न आज्ञा गर्नुभएको छ
जुन तपाईंको राज्य र मेरो आत्मासँग सम्बन्धित छन्।
मलाई तीन व्यक्तिहरुको नाममा बप्तिस्मा लिएको रूपमा जिउन र प्रार्थना गर्न दिनुहोस्।