दर्शनको बेँसी - The Valley of Vision


हे प्रभु, 

उच्च र पवित्र, विनम्र र कोमल,

तपाईंले मलाई दर्शनको बेँसीमा ल्याउनुभएको छ,

जहाँ म गहिराइमा बस्छु, तर तपाईंलाई उच्चमा देख्दछु;

पापका पहाडहरूले चारैतिरबाट घेरे पनि, म तपाईंको महिमालाई देख्दछु ।

म विरोधाभासबाट सिक्न सकुँ

कि तलतिर जाने बाटो, माथितिर जाने बाटो हो,

होच्चिनुु भनेको, उच्च हुनु हो,

टुक्रिएको हृदय, निको भएको हृदय हो,

तोडिएको आत्मा, आनन्दित आत्मा हो,

पश्चातापी भएको आत्मा, विजयी आत्मा हो,

केही नहुनु भनेको, सबै कुरा प्राप्त गर्नु हो,

क्रूस बोक्नु भनेको, मुकुट लगाउनु हो,

दिनु भनेको, प्राप्त गर्नु हो,

बेँसी चाहीँ दर्शनको ठाउँ हो ।

हे प्रभु, 

दिनको समयमा गहिरो इनारबाट ताराहरू देख्न सकिन्छ,

र इनारहरू जति गहिरो हुन्छन् तपाईंका ताराहरू त्यति नै चम्किलो हुन्छन,

मेरो अन्धकारमा मलाई तपाईको ज्योती पाउन दिनुहोस

मेरो मृत्युमा तपाइको जीवन,

मेरो दुःखमा तपाईको आनन्द,

मेरो पापमा तपाईको अनुग्रह,

मेरो गरिबीमा तपाईको धन

र, मेरो बेँसीमा तपाईको महिमा ।

Post a Comment

Previous Post Next Post