रोचक प्रसङ्गः थुमाद्वारा सैतानको विरुद्ध विषरोधक (Anti-venom ) उत्पादन।

एउटा थुमालाई सर्पले डसेर नीलो भएको रहेछ, तर थुमाको शरीरमा अद्भुत चमत्कारी गुण हुने भएकोले थुमाको शरीरले तुरन्तै प्रतिकार स्वरूप त्यो सर्पको विषलाई नाश गर्ने विषरोधक (Anti-venom) उत्पादन गरेर आफ्नो ज्यान जोगाएछ ! जब वैज्ञानिकहरुले यो देखें तब थुमाको शरीरमा सर्पको विषलाई इन्जेक्ट गरियो, अनि ठूलो मात्रामा रगतमा जीवाणु (Plasma) उत्पादित विषरोधक ( Anti-venom ) लाई प्रशोधन गरी औषधिको रूपमा विकास गरे ! यसरी हरेक वर्ष यो औषधिको प्रयोगले संसारभरि सर्पले डसेकाहरुको जीवन बाँच्ने गरेको छ ।

मलाई रोचक र अद्भुत लागेको कुरा चाहिँ यो हो : बाइबल पवित्रशास्त्रमा येशू ख्रीष्टलाई थुमा र शैतानलाई सर्प भनिएको छ। बाइबलमा यो पनि भनिएको छ कि सर्पले थुमा येशूको कुर्कुच्चा डस्नेछ (उत्पति ३ः१५) ! यदि यसो हो भने मलाई यस्तो लाग्छ : थुमा येशूले आफूलाई सर्पद्वारा डस्न दिनुभयो । किन ? ताकि उहाँले आफ्नो रगतको शरीरमा पापको उपचार स्वरूप सैतानको विरुद्ध विषरोधक (Anti-venom ) उत्पादन गरेर संसारलाई जीवन दिन सकियोस् भनेर हो । थुमा येशूले त्यो उपचार पापले डसेका तथा विषले ग्रसित संसारको लागि क्रुसमा बहाइदिनुभयो ! यो उपचार केवल येशूको रगतमा मात्रै उपलब्ध छ, र यसले पापको विषलाई सदाको लागि नाश गरेर अनन्त जीवन सुनिश्चित गर्छ ! 

तिनीहरूले थुमाको रगतको कारण प्राचीन सर्पलाई जितेका छन् (प्रकाश १२ः११) !  प्राचीन प्युरिटान ईश्वरशास्त्रीहरुले यस्तो भन्थेः “थुमामा कस्तो अलौकिक रगत बहन्छ भनेर त्यो दुष्ट सर्पलाई थाहा थिएन। थुमाको रगतले सर्पको विषलाई सधैंको लागि विनाश गरिदियो। सर्प र त्यसको दंसको बारेमा चिन्ता नगर्नुहोस्, तर यति मात्र निश्चिन्त गर्नुहोस् कि थुमाको रगत तपाईंको नशामा बगिरहेको छ !“ 

सिकाई : आउनुहोस् तपाईं पनि आफ्नो पापको उपचार येशूले क्रुसमा बहानुभएको बलिदानी रगतद्वारा हुन्छ भन्ने कुरामा विश्वास गर्नहोस, र स्वर्गीय अनन्त जीवनको भागीदार हुनुहोस ।


सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेकिनाह इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।

Post a Comment

Previous Post Next Post