रोचक प्रसङ्गः मुक्तिदाता येशूलाई राखिएको डूँड़, मोशाको कोक्रो जस्तो थियो !


मानिसहरूको दुष्टता यति बढ्यो कि परमेश्वरले नोआ र उनको परिवार, र हरेक पशुपंछीको जोडी बाहेक सबैलाई जलप्रलयले नाश गरिदिनुभयो। नोआ अर्को आदम जस्तै थियो : जसरी पहिलो सृष्टि आदमको नेतृत्वमा सृजिएको थियो, त्यसरी नै आदमपछिको संसार नोहाको नेतृत्वमा दिईयो । आदमलाई कामको करारद्वारा सृष्टि सुम्पिएको थियो भने नोहालाई सृष्टिको करार र इन्द्रेणीको चिन्हद्वारा सृष्टिको जिम्मा लगाईएको थियो ! 

रोचक यस्तो छ : हिब्रु बाईबलमा जुन शब्द पानी माथि तैरिएको नोहाको जहाजलाई चलाईएको छ, त्यही शब्द मोशालाई राखिएको कोक्रोको लागि पनि चलाईएको छ ! जसरी नोआले अलकत्रा लिपेर जहाज बनाए, त्यसरी नै त्यो कोक्रो पनि अलकत्रा लिपेर बनाईएको थियो, र दुवै पानीमा बगाईयो (प्रस्थान २ः३) ! यसले यही देखाउँछः जसरी नोआमा नयाँ सुरुवात भयो, त्यो भन्दा महान सुरुवात मोशामा भयो, अर्थात् नोआलाई भन्दा बढी जिम्मेवारी मोशालाई दिइयो, अनि आदम र नोआलाई जस्तै मोशालाई पनि परमेश्वरले आफ्नो करारद्वारा पक्का गरिदिनुभयो ! 

तर सबैभन्दा महान सुरुवात त आउन बाँकी नै थियो ! आदम, नोआ, र मोशा भन्दा महान प्रभु येशू ख्रीष्ट हुनुहुन्छ, जसलाई सबै भन्दा ठूलो जिम्मेवारी सुम्पिएको थियो ! अनि उहाँलाई नयाँ करारद्वारा (उत्तम करार) पक्का गरी नयाँ र अन्तिम आदमको रूपमा, नयाँ नोआको रूपमा, अनि नयाँ मोशाको रुपमा महान कार्यभार र जिम्मेवारी सुम्पियो ! त्यो सुरुवात येशू ख्रीष्टको जन्मसँगै भयो अर्थात् मुक्तिदातालाई राखिएको डूँड़ नोहाको जहाज र मोशाको कोक्रो जस्तो थियो, जसले सबै भन्दा महान कुरा अर्थात् उद्धारको संकेत दिन्छ (लुका २ः१६) !

येशूलाई नयाँ मोशाको रुपमा पनि चित्रण गरिएको छ किनभने मोशा र येशूको जीवनमा बाल्यकालदेखि नै धेरै समानताहरु देखिन्छन् ! मोशालाई जस्तै ख्रीष्टलाई पनि राजाले मार्न खोजेका थिए, अनि जसरी मोशालाई भगाईयो त्यसरी ख्रीष्टलाई पनि भगाईयो ! मोशा इस्राएलको मुक्तिदाता थियो भने ख्रीष्ट संसारको मुक्तिदाता हुनुहुन्छ ! अरु पनि धेरै छन् जुन तपाईंहरुले खोज्नु होला ! 

यसरी ईश्वरको मानव अवतार इम्मानुएल गाईको डूँड़मा प्रस्रिनुले धेरै महत्व बोकेको छ ! त्यो डूँड़ सामान्य थियो, तर त्यसको वास्तविकता र त्यसमा सुत्नुभएको बालकको महत्व अद्भुत, अलौकिक र असामान्य थियो !

---------------------------------------------------------------------------------------------

सुरज कासुला (ThM, एडिनबर्ग थियोलोजिकल सेमिनरी) शेखैइना इभान्जेलिकल चर्चका पास्टर र भक्तपुर थियोलोजिकल सेमिनरीका संस्थापक र अध्यक्ष हुनुहुन्छ ।

Post a Comment

Previous Post Next Post