सर्वप्रथम हामीले बुझ्नुपर्ने कुरा आत्मिक लडाइँ लामो युद्ध हो, र पवित्रीकरण एक ढिलो प्रक्रिया हो । यदि तपाईंले आफूलाई उही पापमा फर्किरहेको पाउनुभयो भने, तपाईं एक्लो हुनुहुन्न – र तपाईं आशाभन्दा बाहिर हुनुहुन । ख्रीष्टियन जीवन पश्चात्तापले चिनिन्छ, पूर्णताले होइन । ( १ युहन्ना १ः९, २ः१–२) पावलले पनि स्वीकार गरे, “म जे असल चाहन्छु त्यो गर्दिन, तर जुन खराबी म चाहन्न त्यो म गरिरहन्छु“ (रोमी ७ः१९)। जसो मार्टिन लुथर भन्नुहुन्छ कि, ‘‘क्रिश्चियनहरु एकैचोटि धर्मी र पापी दुवै सँगसँगै हुन; धर्मी यो कारणले हो की उनीहरुले येशु ख्रीष्टमा विश्वास गरेका कारण उहाँको धार्मिकता पहिराईएका छन्, अनि त्यो धार्मिकता उनीहरूमा आरोपन गरिएको छ । तर पापी यो कारणले हो कि उनीहरुले व्यवस्था पूरा गरेका छैनन्, र लालशा रहित पनि छैनन् , जसको कारण उनीहरू बिरामीको रूपमा चिकित्सकको रेखदेखमा उपचारत छन् !’’
हामी पवित्र आत्मामा हिंड्दा, परमेश्वरको वचनमा रहँदा, र प्रार्थनामा उहाँकहाँ आफ्ना संघर्षहरू ल्याउँदा पापले आफ्नो शक्ति गुमाउँछ । जसो एक प्रचारकले भन्नुहुन्छ, ‘‘एक ख्रीष्टियान त्यो व्यक्ति होइन जसले कुनै खराब इच्छाको अनुभव गर्दैन । एक ख्रीष्टियन त्यो व्यक्ति हो, जो पवित्र आत्माको शक्तिद्वारा ती इच्छाहरुसित लडाइँ गर्छ ।’’ त्यसकारण जबसम्म हामी शरीरमा रहन्छौँ हामी पापसित संघर्ष गरिनै रहन्छौँ तर हामी भित्र वास बस्नुभएको पवित्र आत्माको शक्तिद्वारा मात्र हामी ति पापहरुमाथी विजय प्राप्त गर्न सक्छौँ ।
त्यसकारण हार नमान्नुहोस् । लडिरहनुहोस्, पश्चात्ताप गरिरहनुहोस्, र ख्रीष्टमा आफ्नो नजर राख्नुहोस्— उहाँ तपाईंको धार्मिकता र तपाईंको शक्ति दुवै हुनुहुन्छ ।
- पा. निशान घर्ति मगर
